कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्यान मार्ने उद्योगमा खरिदार पक्राउ 

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाका खरिदार (स्टोर किपर) ईश्वरबहादुर सिंह शनिबार पक्राउ परेका छन् । जिल्ला अदालतले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेपछि सोरुकोट प्रहरी चौकीको टोलीले गाउँपालिकाबाटै पक्राउ गरेको हो । गाउँपालिकाबाट सरुवा भइ गएका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले सिंहलाई ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । 

ज्यान मार्ने उद्योगमा खरिदार पक्राउ 

गत असोज महिनामा सोरुस्थित सिपगाउँका केही व्यक्तिले आक्रमण गरी सख्त घाइते बनाएपछि उनले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका हुन् । अदालतको आदेशअनुसार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भुवनेश्वरप्रसाद शाहले बताए । उनका अनुसार सिंहलाई आइतबार अदालतमा बुझाइनेछ ।


प्रकाशित : श्रावण ३, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?