कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रारा विमानस्थलमा उडान सुचारु 

राजबहादुर शाही

मुगु — रारा विमानस्थलमा ३ महिनापछि उडान सुचारु भएको छ । सीता एयरलाइन्सले गृह मन्त्रालयको अनुमतिमा बुधबारदेखि विमानस्थलमा उडान सुचारु गरेको हो । 

रारा विमानस्थलमा उडान सुचारु 

लकडाउनका कारण उडान नहुँदा बाहिर जाने र जिल्ला भित्रिने यात्रुहरु समस्यामा थिए । सीताले बुधबारदेखि चार्टर उडान थालेको विमानस्थलका सहायक प्रमुख किरण दाहालले बताए । उनका अनुसार एयरलाइन्सले सातामा १० वटा फ्लाइट गर्ने सहमति भएको छ । ‘जहाजमा यात्रा गर्ने व्यक्तिले अनिवार्य रुपमा आरडीटी वा पीसीआर रिपोर्ट बुझाउनुपर्ने नियम बनाइएको छ,’ उनले भने, ‘जहाजमा सामाजिक दूरी कायम गरिनेछ ।’

रारा विमानस्थलका अनुसार जहाज चढ्ने व्यक्तिका लागि जिल्ला प्रशासनको अनुमति अनिवार्य गरिएको छ । चार्टर उडानमा नेपालगन्जबाट १० हजार र मुगुबाट नेपालगन्ज जाँदा ५ हजार ८ सय ३५ रुपैयाँ भाडा कायम गरिएको सीता एयरलाइन्सले जनाएको छ ।

प्रकाशित : असार २५, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?