कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली अस्पतालमा चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा संक्रमण

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेश अस्पतालमा बुधबार थप २ चिकित्सक र २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । आइसोलेसनमा ड्युटी गरेर क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ । यसअघि पनि ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।

कर्णाली अस्पतालमा चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा संक्रमण

अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार संक्रमित हुनेमा २ जना चिकित्सक कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर क्वारेन्टाइनमा थिए । दुईजना स्वास्थ्यकर्मी भने ओपीडी र वार्डमा ड्युटीमा कार्यरत हुन् । संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

कर्णाली प्रदेश अस्पतालमा यसअघि असार ११ गते २ चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मीमा कोराना देखिएको थियो । उनीहरु आइतबार डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पतालमा ड्युटी गरिरहेकाहरु संक्रमणको चपेटामा पर्ने गरेका छन् । सुरुमा अस्पतालको फोकल पर्सन रहेका डा. केएन पौडेल र अर्का चिकित्सक याम शर्मा संक्रमित भएका थिए । अहिले विशेष अस्पतालको संयोजन डा. प्रदीप न्यौपानेले गरिरहेका छन् ।

यसैबीच, बुधबार कर्णालीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ हजार ५५० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १ हजार २ सय ९१ जना डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ । आइसोलेसनमा २५३ जनाको उपचार भइरहेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

प्रकाशित : असार २४, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?