कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीको बजेट पारित

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७/७८ को प्रदेश विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको छ ।

कर्णालीको बजेट पारित

बुधबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘पारित गरियोस्’ भनी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

प्रस्तावको विपक्षमा एकजनाको पनि मत नपरेपछि सभामुख राजबहादुर शाहीले आगामी आवको बजेट सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोड १३ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारले चालू खर्चतर्फ ११ अर्ब ६७ करोड ५७ लाख र पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित : असार २४, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?