जाजरकोटको कैनाखोलाले बगाउँदा एक जना बेपत्ता
जाजरकोट — नलगाड नगरपालिका ४, औलका ५० वर्षीय शान्तबहादुर सार्की कैनाखोलाले बगाएर बेपत्ता भएका छन् ।
आइतबार राति ९ बजे नलगाड–३, कैनाबजारबाट घर फर्कने क्रममा खोलामा बेपत्ता भएका हुन् । ८ वर्षीय छोरासँग घर फर्कंदै गर्दा खोला तर्ने क्रममा सार्की बेपत्ता भएको प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए ।
छोरालाई किनारमा राखेर आफू एक्लै खोला तर्न लाग्दा बगेको डीएसपी श्रेष्ठले बताए । बुवालाई खोलाले बगाएको नाबालक छोराले कैनाबजारका स्थानीयलाई जानकारी गराएका थिए । बपत्ता सार्कीको प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको डीएसपी श्रेष्ठले बताए ।
प्रकाशित : असार २२, २०७७ ०९:४२प्रतिक्रिया