कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानी विवादमा हुम्लामा महिलामाथि खुकुरी प्रहार 

छपाल लामा

हुम्ला — सर्केगाड गाउँपालिका–४ सायामा खानेपानीको विषयमा छिमेकीबीच विवाद हुँदा एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारका कारण ४५ वर्षीया हजारी साउद गम्भीर घाइते भएकी छिन् । 

उनीमाथि स्थानीय नेत्र थापाले खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइते महिलाको साया स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि बाहिरका अस्पतालमा रिफर गरिएको छ । खुकुरी प्रहारका कारण टाउकोमा गम्भीर चोट लागेको उनका छोरा दन्त साउदले बताए । उनका अनुसार घटनामा सामान्य घाइते भएकी झला थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी सूर्यप्रसाद सुवेदीले बताए । ‘घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लिने तयारी भइरहेको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेका छौं ।’ घटनास्थल सदरमुकाम सिमकोटबाट झण्डै डेढ दिनको पैदल दूरीमा पर्छ ।


प्रकाशित : असार १९, २०७७ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?