झन्डै एक वर्षदेखि नेपाल–चीन सीमास्थित हिल्सा नाका बन्द हुँदा माथिल्लो हुम्लाको जनजीवन कष्टकर बनेको छ । मानसरोवर–कैलाश तीर्थयात्रा पनि प्रभावित बनेको छ । गत वर्ष चैत पहिलो सातादेखि कोरोना महामारीका कारण अवरुद्ध हिल्सा नाका पुसयता हिमपातका कारण बन्द छ ।
जिल्लाका पर्यटन तथा होटल व्यवसायीले हिल्सा नाका सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । मानसरोवर–कैलाश दर्शन गर्ने सिजन नजिकिएसँगै व्यवसायीले छिट्टै नाका खुला गर्न माग गरेका हुन् ।
मुगुको छायानाथरारा–९, मुर्माका रनवीर रोकायाको मुहारमा धेरैपछि खुसी छाएको छ । लामो समयको खडेरीले गहुँ–जौलगायत बाली सुक्न थालेपछि चिन्तित बनेका उनलाई शुक्रबारको हिउँले राहत दिएको हो । ‘लामो समयदेखि हिउँकै प्रतिक्षामा थियौं,’ रोकायाले भने, ‘हिउँले सुबिकालको आशा पलाएको छ ।’
कोरोना महामारी र हिमपातका कारण नेपाल–चीन सीमाको हिल्सा नाका बन्द हुँदा राडीपाखी व्यवसाय संकटमा परेको छ । नाका बन्दले चीनबाट ऊन ल्याउन नसकेपछि व्यवसायमा असर पुगेको हो । स्थानीय उत्पादनले नपुग्ने भएपछि हुम्लावासीले ताक्लाकोटबाट ऊन ल्याई राडीपाखी उत्पादन गर्दै आएका छन् ।
आइतबार दिउँसोदेखि हुम्लामा हिमपात सुरु भएको छ । सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खामा हिमपात हुँदा चिसोसँगै आवतजावतमा कठिनाइ भएको छ । सिमकोटमा करिब आधा फिट हिउँ परेको छ ।
कोरोना महामारीको कारण करिब १० महिनादेखि बन्द रहेको हुम्लाको हिल्सा र लाप्चा नाका आइतबार एक दिनको लागि खुलेर पुनः बन्द भएको छ । नाम्खा गाउँपालिकाको अनुरोधमा उक्त दिन चीन सरकारले १६ वटा ट्रकमा सामान छोडेको थियो ।
टेलिफोन, इन्टरनेट र मोबाइल सेवा गुणस्तरीय नभएको भन्दै नागरिक अगुवाले नेपाल टेलिकम, हुम्लामा तालाबन्दी गरेका छन् । टेलिकमका सेवाहरु बेला बेलामा अवरुद्ध हुने गरे पनि मर्मतमा बेवास्ता गरिएपछि बिहीबार तालाबन्दी गरिएको हो ।
नेपाल र चीन सीमास्थित हिल्सामा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) ले माइनस ७ डिग्री तापक्रममा सुरक्षा गस्ती गरिरहेको छ । दुई साताअघि हिल्सामा हिउँ परेको थियो । हिमपात भएपछि हिल्साको तापक्रम माइनस ७ डिग्रीमा झरेको हो ।