इलाम-२ मा अघि लागे सुहाङ नेम्बाङ 

इलाम — इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बनाएका छन् ।

इलाम-२ मा अघि लागे सुहाङ नेम्बाङ 

सुरुवाती परिणाममा १२३ मतले पछि परेका नेम्वाङले फाकफोकथुम गाउँपालिका-१, २, ३ र ४ को मतगणना सकिँदा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिन्दै ३४५ मतको अग्रता बनाएका हुन् । नेम्वाङले २ हजार ५४२ मत पाएका छन् भने खड्काले २ हजार १९७ मत पाएका छन् ।

अहिलेसम्म ५ हजार ७७८ मत गणना हुँदा ४४ मत बदर भएको छ । त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिं थेगिमले ५९३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन कुमार लिम्वुले ३७९ मत ल्याएका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा ६९ हजार २ ८७ मत खसेको थियो ।

प्रकाशित : वैशाख १६, २०८१ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?