२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

रोशन शेरचनको 'गल्ली संसार'लाई उत्तम शान्ति पुरस्कार 

काठमाडौँ — गैरआख्यान कृतिकf लागि प्रदान गरिने प्रख्यात पुरस्कार उत्तम शान्ति पुरस्कार –२०८० निबन्धकार रोशन शेरचनको निबन्ध संग्रह 'गल्ली संसार'लाई प्रदान गरिने भएको छ  । उत्तम शान्ति पुरस्कार गुठीको आज बसेको बैठकले उक्त निर्णय गरेको हो  । पुरस्कारको राशि एक लाख रुपैयाँ तथा ताम्रपत्र रहेको छ  । 

रोशन शेरचनको 'गल्ली संसार'लाई उत्तम शान्ति पुरस्कार 

कविता र निबन्ध विधामा कलम चलाउने रोशन शेरचन ( विद्यावारिधि, वातावारणीय विज्ञान ) को गल्ली संसार छैटौं साहित्यिक पुस्तक हो । यो निबन्ध संग्रहको भाषा मनमोहक छ । निबन्ध विधाको मर्मअनुसार आकर्षक शैलीमा लेखिएको छ । पुस्तकलाई वैचारिकी, पर्यावरण, स्मृति र यात्रा गरेर चार खण्डमा तयार गरिएको छ ।

विचारखण्डमा साहित्य, विज्ञान, समाज, व्यवस्था र प्रविधिको अन्तरसम्बन्धबारे १४ वटा निबन्ध लेखिएको छ । पर्यावरणीय खण्डमा वन, वन्यजन्तु, वातावरण र साहित्य गरेर ८ वटा रोचक निबन्ध लेखिएको छ । होमोस्यापियन्सको उद्भवमा होमोइरेक्टसको योगदानदेखि कला र विज्ञानको अन्तरसम्बन्ध यो खण्डको प्रमुख विशेषता हो । स्मृति संझ्यालमा लेखकले भोगेका घटना, भेटेका पात्र र स्थान विशेष समेटिएको छ । स्मृतिले आफूमाथि परेका विविध प्रभाव सुललित शैलीमा लेखिएको छ । यसमा १२ वटा अर्थपूर्ण निबन्ध संग्रृहित छन् ।

यात्रा र यात्राहरु खण्डमा धार्मिक, सांस्कृतिक, पर्यटकीय, सह अस्तित्व तथा स्थान विशेषका नियात्राहरु समाबेश छन् । यात्रामा अनुभूत गरेका भाव र विचारहरु यस खण्डमा समेटिएको छ । यस खण्डमा पाठक स्वयम् पुस्तकसँगै यात्रा गरेको अनुभूत हुन्छ । यसमा १४ वटा यात्रा साहित्य निबन्धपरक शैलीमा लेखिएको छ । पुस्तक बुकहिल प्रकाशनले बजारमा ल्याएको हो ।


प्रकाशित : वैशाख ३०, २०८१ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?