काम गरेको ज्याल नपाउँदा जिल्ला प्रशासन कार्यालयमा उजुरी- कर्णाली - कान्तिपुर समाचार

काम गरेको ज्याल नपाउँदा जिल्ला प्रशासन कार्यालयमा उजुरी

छपाल लामा

हुम्ला — हुम्लाको सिमकोट गाउँपालिका ७ को डाडाफयामा रहेको चुक्याडी खानेपानीको काम गरेको एक वर्ष बितिसक्दा पनि ज्याला नपाएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । आर्थिक वर्ष ०७८/७९ को लापा संस्थाबाट सञ्चालन भएको योजनाको काम गरेको एक वर्ष बितिसक्दा पनि ज्याला नपाएपछि स्थानीयले जेठ ९ गते उजुरी दिएका हुन् ।

सिमकोट गाउपालिकाअर्न्तगतको लापा संस्थाले सञ्चालन गरेको चुक्याडी खानेपानीको २५ लाख रुपैयाँ उपभोक्ता समितिका अध्यक्ष बाचबहादुर सुनारले हिनामिना गरेको भन्दै जेठ ९ गते १२ जना स्थानीय कामदारहरूको संयुक्त हस्ताक्षरमा जिल्ला प्रशासन कार्यालय हुम्लामा उजुरी गरिएको छ ।

गतवर्ष वैशाखदेखि असारसम्म खानेपानीको काम गरियो तर उपभोक्ता समितिमा आबद्ध अध्यक्ष, सचिव र कोषाध्यक्षले काम गरेको ज्याला नदिएपछि हाल आएर प्रशासनमा उजुरी गर्न बाध्य भएको स्थानीय कामदार राजपुरा सुनारले गुनासो गरिन् ।

स्थानीय सुनारले खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुनारले प्रत्येक व्यक्तिलाई कम्तीमा पनि ३० हजार वितरण गर्नुपर्नेमा सात-आठ सय मात्रै वितरण गरेर अरु पछि दिने आश्वासनमा पारेको भन्दै प्रशासनमा उजुरी गर्नु परेको बताइन् ।

आफूले पाउनुपर्ने सबै रकमको माग गर्दै प्रशासनमा करिब १२ जनाको समूह पुगेको छ । सो चुक्याडी गाउँमा १२ वटा धारा निर्माण गर्नुपर्नेमा जम्मा पाँचवटा धारा निर्माण गरिएका छन् । तर‚ ती कुनै धारामा पनि पानी झरेन ।

प्रकाशित : जेष्ठ १०, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली पार गर्न तुइनबाटै खाद्यान्न ढुवानी

तुइनबाट खाद्यान्न पारि लैजान दैनिक खटिन्छन् ८ कर्मचारी
छपाल लामा

हुम्ला — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाका केही क्षेत्रमा तुुइनबाटै खाद्यान्न ढुवानी गर्दै आएको छ । कर्णाली नदी माथि पुुल नभएपछि नयाँ तुुइन निर्माण गरेरै खाद्यान्न ढुवानी गर्न थालिएको हो । कम्पनीका हुुम्ला शाखाका प्रमुख कृष्णप्रसाद आचार्यका अनुुसार जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगार्ड गाउँपालिका जाेड्ने सलीसल्लास्थित कर्णाली नदीमा तुुइनबाट ढुवानी हुँदै आएको हो ।


उक्त स्थानसम्म नेपालगन्ज र सुर्खेतबाट गाडीमा खाद्यान्न पुर्‍याइन्छ । त्यसपछि खाद्यान्नलाई तुुइनबाट ढुवानी गरेर, कर्णाली पार गरी सलीसल्ला पुर्‍याइने गरेको उनले बताए । खाद्यान्न ढुवानीको जिम्मा पाएको एयर सिम्रिक कार्गो प्रालिले सलीसल्लामा तुुइन निर्माण गरेर ढुवानी गर्ने व्यवस्था गरेको हो । यसका लागि ८ जना कामदारलाई तुुइनमार्फत खाद्यान्न पारि लैजाने जिम्मा लगाइएको छ ।

तुुइन तरेको खाद्यान्नलाई ट्याक्टरबाट सलीसल्लामै निर्माण भएकाे हेलिप्याड नजिक खाद्यको गोदाममा राख्ने गरिएको छ । उक्त गाेदामबाट भने हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरिनेछ । यसरी तुुइनबाट ५ हजार किलोभन्दा बढी खाद्यान्न ढुवानी गर्नुपर्ने शाखाले जनाएको छ । शाखाको गोदामका लागि हवाई मार्गबाट ढुवानी हुुनुुपर्नेमा हवाई जहाजले ढुवानी गर्न छोडेपछि सप्लायर कम्पनीले उक्त उपाय अपनाउनुु परेको जनाएको छ ।


प्रकाशित : जेष्ठ ८, २०७९ १३:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×