इलाम-२ उपनिर्वाचन : कांग्रेसका खड्का अगाडि, एमालेका नेम्बाङ मतान्तर घटाउँदै

इलाम — इलाम-२ को उपनिर्वाचनअन्तर्गत जारी मतगणतामा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिइरहेका छन् । नेकपा एमालेका सुहाङ नेम्बाङ भने मतान्तर घटाउँदैछन् ।

इलाम-२ उपनिर्वाचन : कांग्रेसका खड्का अगाडि, एमालेका नेम्बाङ मतान्तर घटाउँदै

पछिल्लो ताजा परिणामअनुसार खड्काले १ हजार ६५५ मत पाएका छन् । नेम्बाङले १ हजार ६३० मत प्राप्त गरेका छन् । खड्का र नेम्बाङबीचको मतान्तर २८ मात्रै रहेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार लिम्बुले ३०८ र पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४३० मत पाएका छन् ।

यो परिणाम फाकफोकथुम गाउँपालिकाका १, २ र ३ नम्बर वडाको मतगणना सकिँदा हो । शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडाबाट २० हजार ६ सय ६५ मत खसेको थियो ।

देउमाइ नगरको ९ वटामा १५ हजार ९ सय ८० मत खसेको थियो । माङ्सेबुङ र चुलाचुलीका ६/६ वटाबाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १ सय ९८ तथा माइ नगरको ३ वटावाट ४ हजार ६ सय ३४ मत खसेको थियो ।

प्रकाशित : वैशाख १६, २०८१ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?