कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खानेपानी कार्यालय दैलेखका निमित्त प्रमुखसहित ४ जना घूससहित प्रक्राउ

वीरेन्द्रनगर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी सिंचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित चारजनालाई घूससहित पक्राउ गरेको छ ।

खानेपानी कार्यालय दैलेखका निमित्त प्रमुखसहित ४ जना घूससहित प्रक्राउ

पक्राउ पर्नेहरुमा खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्ल,सव इन्जिनियर वीरेन्द्र चन्द,रञ्‍जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डे छन् ।

उनीहरुले भगवतीमाई गाउँपालिका–३ मा सञ्चालित सानटडा खोला तटबन्ध निर्माण कार्य सम्पन्‍न भएपश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँस घूस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ ।

मल्ललाई आवासबाटै दुई लाख ४१ हजार १६ रुपैयाँ नगदसहित अख्तियारले नियन्त्रणमा लिएको थियो । अनुसन्धानकै सिलसिलामा सव इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेसहित ४ जनालाई असार १६ गते नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित : असार १७, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?