कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर फर्काइएका पुरुषमा पुन: कोरोना संक्रमण

विप्लव महर्जन

सल्यान — विदेशबाट घर फर्कने क्रममा पीसीआर रिपोर्ट नेगेटिभ आएको भन्दै होम क्‍वारेन्टाइनमा बस्नका लागि घर फर्काइएका शारदा नगरपालिका १२ डाग्रीका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । पशुपंक्षी रोग तथा अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ देखिएको हो । 

घर फर्काइएका पुरुषमा पुन: कोरोना संक्रमण

घरमा पठाएपछि होम क्‍वारेन्टाइनमा बस्दै आएका उनलाई थप उपचारका लागि सल्यान बहुमखी क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा ल्याउने तयारी भइरहेको शारदा नगरपालिका सल्यानले जनाएको छ । कोरोना पोजिटिभ देखिएका पुरुषको घरमा कसैलाई नजान नगरपालिकाले स्थानीयलाई आग्रह गरेको छ । नगरपालिकाका कोरोना फोकल पर्सन रबिन विष्टले घर सिल गर्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् । उनका अनुसार ओमनबाट नेपाल फर्कने क्रममा असार दुई गते सल्यान आइपुगेका ती पुरुषलाई तीन दिन लुहापिङ्गस्थित त्रिजमाविको क्‍वारेन्टाइनमा राखेर ओमनको एयरपोर्टमा गरेको रिपोर्टअनुसार घर पठाइएको बताए ।

प्रकाशित : असार १२, २०७७ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?