कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोमा पुरिएर सल्यानमा एक जनाको मृत्यु 

विप्लव मर्हजन

सल्यान — सल्यानको कालीमाटी गाउँपालिका–६ मा एक जना वृद्धको पहिरोमा पुरिएर मृत्यु भएको छ। डाङ्गडुङे गाउँपालिका–६ सिरेनीका ७० वर्षीय डिल्लीबहादुर आलेको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

घरबाट घाँस काट्न भनेर निस्किएका उनी तीन दिनदेखि हराइरहेका थिए । स्थानीयले पहिरोमा च्यापिएर उनको मृत्यु भएको खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रकाशित : असार १२, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?