कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली प्रदेश अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

ज्योति कटुवाल

वीरेन्द्रनगर — कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

गत जेठ ३१ र ३२ गते देखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमा राखिएका ४२ जनामध्ये ५ जनालाई कोरोना संक्रमण देखिएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए । उनका अनुसार उनीहरु सबैलाई प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइएको छ ।

जेठ महिनामा दैलेखका २ जना र सुर्खेतका १ जना बिरामीलाई प्रदेश अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेका थियो । तीमध्ये दैलेखबाट आएका एक जना बिरामी क्षयरोगी थिए भने दैलेखका एक जना र सुर्खेतका १ जनाले विष सेवन गरेका कारण उनीहरुलाई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो ।

प्रकाशित : असार ८, २०७७ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?