कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस दुर्घटनामा चालकको मृत्यु

ज्योति कटुवाल

दैलेख — भारतबाट मजदुरी गरी फर्किएका स्थानीयलाई दैलेख पुर्‍याएर महेन्द्रनगर फर्किरहेको ना–५ ख १६५० नम्बरको बस गुराँस गाउँपालिकास्थित घोडाबासमा दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक सख्त घाइते भएका छन् । 

बस दुर्घटनामा चालकको मृत्यु

प्रहरी चौकी गुराँसेका अनुसार दुर्घटनामा चालक महेन्द्रनगर–९ का ४२ वर्षीय कल्याणसिंह बोहराको मृत्यु भएको हो । सहचालक महेन्द्रनगर–५ का ३१ वर्षीय जयराम अवस्थी सख्त घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ भने खुट्टा भाँचिएको छ ।

तल्लो डुंगेश्वरबाट महेन्द्रनगर फर्किरहेको उक्त बसमा २ जनामात्र थिए । ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको गुराँसे प्रहरी चौकीका इञ्चार्ज (असई) चन्द्रलाल गिरीले बताए । उनका अनुसार बस सडकबाट ३ सय मिटर तल खसेको छ ।


प्रकाशित : जेष्ठ २१, २०७७ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?