कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुम घटनाको विरोधमा सुर्खेतमा पनि प्रदर्शन 

‘प्रेम र समानताका लागि रुकुम घटना कालो दिन बनेको छ ।’
कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — पश्चिम रुकुमको चौरजहारी–४, सोतीमा भएको घटनाको सुर्खेतमा विरोध भएको छ । सोमबार बिहान दलित अधिकारवादी संघसंस्थाको संयोजनमा निस्किएको जुलुसले वीरेन्द्रनगर बजार परिक्रमा गर्दै दोषिमाथि कडा कारबाहीको माग गरेको छ ।

रुकुम घटनाको विरोधमा सुर्खेतमा पनि प्रदर्शन 

जुलुसपछि आयोजित कोणसभा बोल्ने वक्ताहरुले जातीय अहंकार र भेदभावकै कारण उक्त घटना भएको बताउँदै राज्यले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्ने बताए । ‘चुल्हो छोएको नाम होस् वा अन्तरजातीय प्रेमको नाममा दलितहरु मारिइरहेका छन्,’ छोरी बचाउ अभियानकी संयोजक सजना सुनारले भनिन्, ‘दलितहरु दलित भएकै कारण कहिलेसम्म मारिनुपर्ने हो ?’

त्यस्तै दलित अधिकारवादी खगेन्द्र सुनारले जातभातकै आधारमा प्रेममा बन्देज लगाउनुका साथै अन्ततः हत्या गरिएको बताए । ‘प्रेम र समानताको लागि रुकुम घटना कालो दिन बनेको छ,’ उनले भने, ‘दलितमाथिको यो जघन्य अन्याय कहिलेसम्म भइरहने हो ?’

गत जेठ १० गते भएको सोती घटनामा गाउँलेको कुटाइबाट ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरेको छ । किटानी जाहेरीमा नाम उल्लेखित दुईजना फरार रहेका प्रहरीले जनाएको छ । लकडाउनका बाबजुद रुकुम घटनाको विरोधमा देशभर विरोध प्रदर्शन भइरहेको छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?