कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रतुवा मारेको आरोपमा १० जना पक्राउ

विप्लव महर्जन

सल्यान — दर्लव वन्यजन्तु रतुवा मारेको आभियोगमा डिभिजन वन कार्यालय सल्यानले शुक्रबार १० जनालाई पक्राउ गरेको छ ।

रतुवा मारेको आरोपमा १० जना पक्राउ

संग्रही खोलामा रतुवा मारेर मासु बाँडफाँड गरिरहेको अवस्थामा बन्गाड कुपिण्डे नगरपालिका-७ संग्रहीका १० जनालाई वन कार्यालयले प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्थानीय प्रेम रोका,गिमबहादुर थापा,रुद्रबहादुर ओली,हेमराज ओली,लुटबहादुर बस्नेत,जीतबहादुर बस्नेत,डम्मर ओली,नरबहादुर ओली,बेलाराम बिक र खडक खड्का रहेका वन कार्यालयका सूचना अधिकृत मनोज लम्सालले बताए ।

उनीहरुको जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको र थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय प्रमुख रमेश गिरीले बताए ।

प्रकाशित : जेष्ठ १६, २०७७ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?