निकुञ्‍जमै भेटिए २० थान अवैध भरुवा बन्दुक

हरि गौतम

रुकुम पश्चिम — शे फोक्सुण्डो राष्ट्रिय निकुञ्‍ज भित्र २० थान अवैध भरुवा बन्दुक फेला परेका छन् । डोल्पाको त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका र शे फोक्सुण्डो गाउँपालिकामा फैलिएको निकुञ्‍ज  क्षेत्रभित्रै लुकाइ राखिएको अवस्थामा अवैध हतियार फेला परेका हुन् ।

निकुञ्‍ज ले चोरी–निकासी रोक्ने उद्देश्यले सञ्चालन गरेको गस्तीका क्रममा २० नाल भरुवा बन्दुक, एक थान बन्दुकको नालसहित घोरलका तीन छाला भेटिएको जनाएको छ ।

वैशाख २९ देखि जेठ ७ गतेसम्म निकुञ्‍ज ले चोरी–सिकारी तथा निकासी रोक्न निकुञ्‍ज भित्र विशेष गस्ती सञ्चालन गरेको थियो । निकुञ्‍ज को रोम, रसि, परिला र रहमा अवैध भरुवा बन्दुकसहित घोरलको छाला फेला परेको निकुञ्‍ज का प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । उनका अनुसार भीर, पहरा, गुफा र खोल्साखाल्सीमा लुकाइएको अवस्थामा बन्दुक फेला पारिएको थियो । ‘यसबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ,’ उनले भने, ‘अनुसन्धानपछि संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ ।’ रुम र रसी त्रिपुरासुन्दरी नगरपालिकामा पर्छन् भने परिला र रह ठूलीभेरी नगरपालिकाका क्षेत्र हुन् ।

भेटिएकामध्ये केही बन्दुकमा गोली भरिएको थियो । निकुञ्‍ज ले तिनलाई खाली गराएको छ । भेटिएका बन्दुक र घोरलका छाला निकुञ्‍ज को कार्यालय, सुलिगार्डमा राखिएको छ । ‘निकुञ्‍ज ऐनअनुसार ती बन्दुक जफत प्रक्रिया अघि बढाएका छौं,’ प्रमुख संरक्षण अधिकृत पौडेलले भने, ‘निकुञ्‍ज भित्रै अवैध बन्दुक भेटिएपछि आसपासका क्षेत्रका बासिन्दालाई अवैध हातहतियार बुझाउन ३५ दिने सार्वजनिक सूचना जारी गरिएको छ ।’

प्रकाशित : जेष्ठ १०, २०७७ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुग्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको बताए ।

शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ८६ हजार २ सय ३५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४५ हजार ९ सय ५७ परीक्षणहरु गरिएका छन् ।


प्रकाशित : जेष्ठ १०, २०७७ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×