कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चट्याङले बालिकाको मृत्यु, एकै घरका ५ घाइते

विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिका ३ चिनालीमा चट्याङ लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । 

चट्याङले बालिकाको मृत्यु, एकै घरका ५ घाइते

मंगलबार बिहान घरमा परेको चट्याङले सख्त घाइते भएकी हिमानी रानाको जिल्ला अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो । प्रहरीका अनुसार बालिकाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

वर्षात्‌सँगै परेको चट्याङका कारण कुमाख गाउँपालिका ३ चिनालीका एकै घरका ५ जना घाइते भएका थिए । घाइते हुनेमा वर्षीय ३६ का अतिराम राना, उनकी ३० वर्षीया श्रीमती दीपा राना, ८ वर्षीय छोरा यमराज, २६ वर्षीय भाइ टेकबहादुर र २३ वर्षीय भतिजा रनसिंह राना रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रनाउ खतिवडाले बताए ।

चट्याङले राना परिवारको घरमा समेत क्षति पुगेको छ ।

प्रकाशित : वैशाख २३, २०७७ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?