कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटा वडाबाट अर्कोमा जान प्रतिबन्ध 

विप्लव महर्जन

सल्यान — सल्यानको शारदा नगरपालिकाले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि एउटा वडाबाट अर्को वडामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।

एउटा वडाबाट अर्कोमा जान प्रतिबन्ध 

सोमबार बसेको नगरकार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार एक वडाबाट अर्को वडामा प्रवेशमा रोक लगाएको हो ।


कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउनसँग अन्तरप्रदेश, अन्तरजिल्ला र अन्तरस्थानीय तहको आवतजावतमा रोक लगाए पनि संक्रमित हुनेको संख्या बढ्दै गएकाले एक वडाबाट अर्को वडामा प्रवेश गर्न प्रतिबन्ध लगाउन बाध्य भएको नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । लकडाउनमा अटेर गर्नेलाई कारबाही गरिने पनि नगरप्रमुख अधिकारीले जानकारी दिए ।


बिरामी, स्वास्थ्यकर्मी र अत्यावश्यक सामान किन्न जानेहरुका लागि भने छुट दिइने उनले जानकारी दिए । उनले बाहिरबाट अपरिचित व्यक्ति आएको फेला पारेमा तत्काल नगरपालिका तथा प्रशासन, प्रहरीमा सम्पर्क गर्न नगरबासीलाई आग्रह गरेका छन ।

प्रकाशित : चैत्र २४, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?