कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लाका अधिकांश क्वारेन्टाइन रित्तै

छपाल लामा

हुम्ला — कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेको भन्दै हुम्लाका सात स्थानीय तहले ९८ बेड क्षमताको क्वारेन्टाइन कक्ष निर्माण गरेका छन् । तर, विदेश, भारत र जिल्ला बाहिरबाट आएकाहरु बस्न नमान्दा अधिकांश क्वारेन्टाइन रित्तै छन् ।

हुम्लाका अधिकांश क्वारेन्टाइन रित्तै

जिल्ला प्रशासन कार्यालयका अनुसार नाम्खामा ११, सिमकोटमा ५०, खार्पुनाथमा तीन, चंखेलीमा दुई, अदानचेलीमा २० र तााजाकोट गाउँपालिकामा १२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । बाहिरबाट फर्किएकाहरु घर गएपछि अहिले सदरमुकाम सिमकोटमा बनाइएको क्वारेन्टाइनमा आठ जना मात्र छन् ।


हुम्ला प्रहरीका अनुसार चैत्र १० देखि १८सम्म ताजाकोटको कवाडी र चंखेलीबाट मात्रै ६ सय ८८ जना भित्रिएका थिए । हुम्ला प्रहरी प्रमुख डीएसपी रामप्रसाद घर्तीमगरले बाहिरबाट आएकाहरु धमाधम घर फर्किएपछि क्वारेन्टाइन खाली भएको बताए ।


उनका अनुसार ताजाकोटमा जिल्ला बाहिरबाट आएका दुई जनाहोम क्वारेन्टाइनमै बसेका छन् । खार्पुनाथमा भारतबाट आएका तीन जना होम क्वारेन्टाइनमा बसिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए ।


केही दिनदेखि सिमकोटस्थित रानीवन क्वारेन्टाइमा बसिरहेका ११ जनालाई सोमबार नाम्खा गाउँपालिकाको क्वारेन्टाइनमा पठाइएको छ ।




प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले सिमकोटको क्वारेन्टाइनमा एकमहिला र सात जना पुरुष बसिरहेको बताइन् । उनका अनुसार लकडाउनको अवधिमा भारतबाट २८ र जिल्ला बाहिरबाट ६ सय ६० जना फर्किएको तथ्यांक छ ।


‘जिल्लाबाहिर र भारतबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा गाउँमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ,’ उनले भनिन्,‘बाहिरबाट फर्किएकालाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।’

प्रकाशित : चैत्र २०, २०७६ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?