कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितसँगै जहाजमा आएका युवा ‘होम क्‍वारेन्टाइन’मा

एलपी देवकोटा

(जुम्ला) — गत चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएका १५८ यात्रुमध्ये एक जना जुम्ला पुगेको पत्ता लागेको छ । उक्त विमानमा आएका दुई जनालाई कोरोना पुष्टि भएपछि सबैको खोजी तीव्र बनाइएको थियो ।

संक्रमितसँगै जहाजमा आएका युवा ‘होम क्‍वारेन्टाइन’मा

कनकासुन्दरीका–३ का एक युवक भारतको नयाँ दिल्लीबाट उक्त जहाजमा चढेका थिए । उनी होम क्‍वारेन्टाइनमा बसिरहेको पत्ता लागेको जिल्ला प्रहरी प्रमुख डीएसपी लालबहादुर धामीले बताए । ती युवालाई प्रहरीले निगरानीमा राखेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १८, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?