कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ जिल्लामा हेलिकप्टरबाट औषधि र उपकरण

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णालीका तीन हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुमा नेपाली सेनाको हेलिकप्टरमार्फत् कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पुर्‍याइएको छ । 

३ जिल्लामा हेलिकप्टरबाट औषधि र उपकरण

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावल औषधि र उपकरण लिएर जिल्ला अस्पताल पुगेका हुन् ।


प्रदेश सरकारले २ हजार थान सर्जिकल मास्क, पीपीई ६०, लुज ग्लोब्स् १ हजार, एन–९५ मास्क २५ थान र पारा सिटामोल ५ हजार ट्याब्लेट पुर्‍याइएको जनाएको छ ।


त्यस्तै १ हजार थान साधारण मास्क, गाउन ५, ब्रोसर ५ सय, बिरामीको लगत राख्ने किताब १० थान, सेनिटाइजर दुई बोतल र २४ नम्बरको क्यानुला २१ गोटा स्वास्थ्य सेवा कार्यालयलाई बुझाइएको हो ।


दुवै मन्त्रीले अस्पतालको निरीक्षण गर्दै तत्काल व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिए । प्रदेश सरकारले आवश्यक रकम जिल्ला अस्पतालमा पठाइसकेकाले नआत्तिन मुख्यमन्त्री शाहीले आग्रह गरे ।


यसैबीच, डोल्पा अस्पतालमा आइसोलेसनमा राखिएका दुईजना बिरामीको स्वाब परीक्षणका लागि सुर्खेत ल्याइएको छ । मुख्यमन्त्री शाहीले तत्काल बाहिर घर भाडामा लिएर भए पनि कम्तीमा ३० शय्याको आइसोलेसन निर्माण गर्न निर्देशन दिए ।

प्रकाशित : चैत्र १८, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?