कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक साता जुम्ला 'लकडाउन'

एलपी देवकोटा

जुम्ला — जिल्ला प्रशासन कार्यालय जुम्लामा आइतबार बसेको विपद् व्यवस्थापन समितिले सोमबारदेखि एक साता जिल्लालाई 'लकडाउन' गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा भएको भन्दै जुम्लालाई चैत १० देखि १६ गतेसम्म लकडाउन गरिने भएको हो ।

एक साता जुम्ला 'लकडाउन'

रोजगारी र हिउँदे व्यापारमा भारत गएका जुम्लीहरु धमाधम घर फर्किन थालेपछि जुम्लामा कोरोना भइरसको उच्च जोखिम पनि बढेको हो ।

जुम्लामा मानिसहरुको चाप बढ्न थालेपछि कोरोनाको जोखिमबाट बचाउन लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । 'अत्यावश्यक सामग्री व्यवस्थापन गर्न र क्‍वारेन्टाइन र आइसोलेसन सेन्टर सञ्‍चालन गर्न पनि समितिहरु गठन गरेका छौं', उनले भनिन्, 'जिल्लामा भीडभाड नगरिदिन नागरिकलाई समेत अपिल गरेका छौं ।'

जुम्ला विमानस्थल र जिल्ला प्रवेशको नाका नग्ममा हेल्थ डेस्क पनि स्थापना गरिएको छ । जिल्ला भित्रने हरेकको स्वास्थ्य जाँच गरेरमात्रै जिल्ला भित्र्याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा हेल्थ डेक्सको स्थापना गरिएको हो ।

प्रकाशित : चैत्र ९, २०७६ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?