कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

‘जलचर संकटमा’

कान्तिपुर संवाददाता

(कालीकोट) — वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकका कारण जलीय जीवजन्तु लोप हुने अवस्थामा पुगेका सरोकारवालाले बताएका छन् । खाँडाचक्रमा आयोजित स्थानीय जलचर तथा जैविक विविधता संरक्षण ऐनको मस्यौदामाथिको छलफलमा उनीहरूले यस्तो बताएका हुन् ।

‘जलचर संकटमा’

‘चार–पाँच वर्ष अघिसम्म तीला नदीको तिरमा पानीओत र जलेवा देखिन्थे,’ शुभकालिका गाउँपालिका–४ का माछा व्यवसायी गोविन्द चौलागाईँले भने, ‘आजकल ती जलचर देख्न निकै मुस्किल हुने गर्छ ।’ अध्ययनअनुसार तीला नदीमा २९ प्र्रजातिका असला जातका माछा पाइने भए पनि अहिले त्यो संख्या घट्दै गएको उनले बताए ।


तीला र कर्णाली नदीमा जलचरको संख्या घटिरहेको अवस्थामा खाँडाचक्र नगरपालिकाले जलचर संरक्षण ऐन निर्माण गर्न लागेको हो । ऐनको मस्यौदामाथि छलफल गर्दै तिला–कर्णाली जलाधारविज्ञ भोला ढकालले तीला नदीमा असला माछा पहिलेको तुलनामा घटेको अभ्ययनबाट देखिएको बताए । वातावरणीय प्रदुषण, बढ्दो जनसंख्या, घातक माछा मार्ने विधि (खोलामा करेन्ट लगाउने, बम विस्फोट गर्ने) नदीबाट अव्यवस्थित रूपमा गिटी, बालुवा उत्खनन गर्नेजस्ता मानव सिर्जित समस्याले जलीय जीवजन्तु संकटमा परेका उनले बताए । वातावरणीय नीति तथा कानुनविज्ञ नारायण बेल्वासेले सबैभन्दा बढी प्रभाव विकासका नाममा हुने बेथितिले निम्त्याएको बताए ।


खाँडाचक्र नगरपालिकाकी उपप्रमुख विजया बिष्टले माछाको संरक्षणका लागि विशेष अभियान चलाउनुपर्ने आवश्यकता औंल्याइन् । किर्डाक नेपालका कार्यक्रम व्यवस्थापक नवीनकुमार शाहीले जथाभाबी विकासको असर वातावरणमा परेको र त्यसले जीवजन्तु र जलचर जोखिममा परेका बताए । पानीका मूल रिचार्ज गर्न लेकाली भेकमा रिचर्ज पोखरी बनाउने अभियानै चलाउनुपर्ने उनको सुझाव थियो ।

प्रकाशित : फाल्गुन २५, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?