१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ

कान्तिपुर संवाददाता

सल्यान — तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानको शारदा नगरपालिकामा एक १३ वर्षीय किशोरलाई पक्राउ गरेको छ । 

फागुन ११ गते बालकले बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले फागुन १२ मा प्रहरीमा उजुरी दिएका थिए । कक्षा ६ मा पढने बालकले आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडित परिवारले बताएको छ ।


पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताएका छन् । पक्राउ परेका बालकलाई जिल्ला प्रहरी कार्यालय सल्यानको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

प्रकाशित : फाल्गुन १७, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?