घर भत्कदा आठ घाइते, चारको अवस्था गम्भीर

विप्लव महर्जन

सल्यान — छत्रेस्वरी गाउँपालिका–२ दहखोला नजिकै रामचनेमा दिलबहादुर विकको घर निर्माणका क्रममा आइतबार दिउँसो दुई बजेतिर जगैबाट भत्कियो । यसैको कारण दश मजदुर घाइते भएका छन । चारको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेका उपचार जिल्ला अस्पताल सल्यानमा भइरहेको छ। गम्भीर घाइते हुनेमा ३१ वर्षीय भुमा खड्का, २८ वर्षीय रीता विक, ३२ वर्षीय रेवती विक ३५ वर्षीय कविता बस्नेत र ७४ वर्षीय गोपाल खड्का रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षेक ढकेन्द्र खतिवडाले बताएका छन्।


उनले घर के कारणले भत्कियो भन्ने कुरा अझै खुल्न नसेको पनि बताए। प्रहरी घटनास्थलमा पुगिसकेको छ र उद्दार कार्यको भइरहेको छ।


प्रकाशित : फाल्गुन ५, २०७६ १५:२६

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पूर्वसभामुख महराले पाए सफाइ

जयसिंह महरा

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मक रुपमा नमिलेकाले महरा निर्दोष ठहर भएको श्रेष्तेदार श्रेष्ठले जानकारी दिए ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।



संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।

अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुने भएका छन्। पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए।

जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

प्रकाशित : फाल्गुन ५, २०७६ १४:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×