लडेर दुईको मृत्यु- कर्णाली - कान्तिपुर समाचार

लडेर दुईको मृत्यु

विप्लव महर्जन

सल्यान — जिल्लाको दार्मा गाउँपालिकामा लडेर दुई जनाको मृत्यु भएको छ । 

प्रतिकात्मक तस्बिर ।

मृत्यु हुनेमा दार्मा ४ मसिनेका ५५ वर्षीय दलबहादुर बोहरा र सर्सुखोलाका २४ वर्षीय गणेश रावत छन् ।

बोहराको लाखुरेडाँडा र रावतको भैँसीटाकुरीबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


मदिरा सेवन गरेका कारण लडेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले पुष्टि गरे ।

बिहीबारदेखि हराईरहेका रावत शनिबार भैँसीटाकुरी भीरमा मृत भेटिएका थिए ।

प्रकाशित : पुस २७, २०७६ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश ३ को नाम वाग्मती, राजधानी हेटौंडा, दुवै प्रस्तावका पक्षमा दुई तिहाइ

काठमाडौँ — प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा भएको छ । प्रदेशसभामा आइतबार भएको मतदानमा दुई तिहाई मतले नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याएको हो । प्रदेश नाम वाग्मती राख्न कांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १०८ मत परेको थियो ।

११० सदस्यीय प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ मतदान प्रक्रियामा सहभागी भएनन् ।

यस्तै राजधानी हेटौंडा राख्ने प्रस्तावमा मतदान हुँदा १०५ सांसदले पक्षमा र ३ जनाले विपक्षमा मत हालेका थिए । प्रदेश राजधानी हेटौंडा तोकियोस् भनी मुख्यमन्त्री एवं नेकपा नेता डोरमणि पौडेलले प्रस्ताव गरेका थिए ।

प्रदेशसभाको पहिलो बैठकमा राजधानी तोक्नेबारेको प्रस्ताव सभामुख सानुकुमार श्रेष्ठले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

त्यसक्रममा साझा पार्टीका सांसद रमेश पौडेलले प्रदेश राजधानी काभ्रेपलाञ्चोकको धुलिखेल तोकियोस् भन्ने प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सांसद पौडेलले फिर्ता नलिएपछि मत विभाजन हुँदा दुई तिहाइ बहुमतले अस्वीकृत भएको थियो । १०४ जनाले मतदानमा भाग लिएकोमा प्रस्तावको पक्षमा ३ र विपक्षमा १०१ मत परेको थियो । त्यसपछि मुख्यमन्त्री पौडेलले हेटौंडा राजधानी तोक्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रकाशित : पुस २७, २०७६ १२:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×