कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

पेस्तोलसहित दुई युवा पक्राउ

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१२ जहदाबाट पेस्तोल सहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

पेस्तोलसहित दुई युवा पक्राउ

हतियारसहित गाउंमा डुलीरहेको भन्ने सुचनाको आधारमा प्रहरीले बर्दघाट नगरपालिका-१३ का अजय अहीर र कमल चौधरीलाई पक्राउ गरेको हो ।

अजय अहिरले लगाएको जिन्स पाइन्टमा लुकाएको अवस्थामा कालो रंगको पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी रेशम बोहोराले बताए ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत परासीमा हात हतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन २, २०८० २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×