१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

नेपालगन्ज उपमहानगरका मुख्य बजार सिल गर्ने तयारी 

रुपा गहतराज

नेपालगन्ज — कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन बाँकेले नेपालगन्ज उपहानगरका चार किल्ला भित्रका मुख्य क्षेत्रलाई शनिबार राति १२ बजेदेखि सिल गर्ने निर्णय गरेको छ ।

नेपालगन्ज उपमहानगरका मुख्य बजार सिल गर्ने तयारी 

संक्रमण बढेपछि उपमहानगरका मुख्य क्षेत्रहरु सुर्खेतरोड बाहिर पारेर पुष्पलालचोकदेखि गणेशमानचोकसम्म, गणेशमान चोकबाट चारबाहीनी चोक, पिपल चौतारा हुबै बाँके गाँउदेखि रिङ्गरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म, नहरपुरुवाक चोकदेखि बसपार्क रोड हुँदै पुष्पलालचोकसम्म सिल गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

निर्णय अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउनेलाई संक्रामक रोग ऐन,२०२० तथा स्थानीय प्रशासन ऐन, २०३८ बमोजित कारबाही गरीने प्रशासनले जनाएको छ ।

शनिबार राति १२ बजेदेखि मंगलबार राति १२ बजेसम्मका लागि सुरक्षा एम्बुलेन्स शववाहन, दमकल बाहेकका सम्पूर्ण सवारीसाधन, पसल–व्यवसाय सञ्चालन र हिँडडुल गर्न पूर्णतया निषेध गर्ने निर्णय गरेको हो ।

बाँकेमा शुक्रबार थप ४९ जनामा संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा कोरोना संक्रमण बढदै गएकाले शनिबारसम्म जारी निषेधाज्ञा ती नदिन थप गरिएको छ ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर तेस्रो पटक आइतबारदेखि शनिबारसम्म निषेधाज्ञा जारी गरेको थियो ।

यसअघि गत जेठ १४ गते जिल्लामा कोरोना संक्रमित हुनेको संख्या बढदै गएपछि बाँके प्रशासनले लकडाउनकै बीच दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा गरेको थियो । बाँकेमा पहिलोपटक वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित : श्रावण २४, २०७७ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?