१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बाँकेमा शुक्रबार ४९ जनामा कोरोना पुष्टि

रुपा गहतराज

नेपालगन्ज — भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेमा शुक्रबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४९ जना बाँकेका, बर्दिया र रुकुमका एक/एक जना छन् । कोरोना संक्रमण बढ्दै गएकाले शनिबारसम्म जारी निषेधाज्ञा तीन दिन थप गरिएको छ ।

बाँकेमा शुक्रबार ४९ जनामा कोरोना पुष्टि


‘कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञा थप गरेका हौं,’ बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने,‘जारी निषेधाज्ञा मंगलबार राति १२ बजेसम्म थप गरिएको हो ।’

बाँकेमा निषेधाज्ञा लागू गरिएपनि त्यसको कार्यन्वयन भएको देखिँदैन । प्रशासनले आवश्यकता बाहेकका काममा सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएपनि सर्वसाधारणले अटेरी गरिरहेको देखिन्छ ।

शुक्रबार दिउँसोसम्म निषेधाज्ञा उल्लंघन गर्ने १७३ जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले बताए । बिहीबार बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने १४० जनालाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकाहरुसँग प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना स्वरुप ३१ हजार तीन सय रुपैयाँ संकलन गरिएको एसपी रानाले बताए ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कन आदेश नमानेपछि नियन्त्रणमा लिन बाध्य भएको रानाले सुनाए ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर तेस्रो पटक आइतबारदेखि शनिबारसम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि गत जेठ १४ गते जिल्लामा कोरोना संक्रमित हुनेको संख्या बढदै गएपछि बाँके प्रशासनले लकडाउनकैबीच दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा गरेको थियो । बाँकेमा पहिलो पटक वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित : श्रावण २३, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?