१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

देवनाराण साह

मोरङ — विराटनगरमा कोरोना संक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका ९ गुद्रीका ५८ वर्षीय पुरुषको कोसी अस्पतालमा मृत्यु भएको हो ।

विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९:४० बजे कोसी अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कोसी अस्पतलाका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकाले स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताए ।

मोरङमा कोरोना भाइरसको संक्रमणले शुक्रबारसम्ममा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि विराटनगरका ७७, ४५, रंगेलीका ४५ र सुनवर्षीका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?