स्याङ्जामा निषेधाज्ञा एक हप्ता बढाइयो

श्रावण २३, २०७७

प्रतीक्षा काफ्ले

स्याङ्जा — कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि  जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा एक हप्ता लम्ब्याएको छ । यसअघि साउन १३ गतेदेखि जारी निषेधाज्ञा बिहीबार सकिएसँगै शुक्रबारदेखि थप एक हप्ताका लागि बढाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । 

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्न सूचना जारी गरेको हो । 

स्याङ्जामा समुदायस्तरमा ५९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको भन्दै जिल्ला प्रशासन कार्यालयले  निषेधाज्ञा जारी गरको हो । साउन १३ देखि १० दिनलाई स्याङ्जा सिल गरिएको थियो ।

यसअघि, साउन पहिलो साता ३ प्रहरीमा कोरोना पोजिटिभ पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय मात्रै सिल गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले केही स्थानमा समुदायस्तरमा कोरोना फैलिएको आशंकामा निषेधाज्ञा जारी गर्नुपरको बताए । पुतलीबजार नगरपालिका, गल्याङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा समुदायमा कोरोना फैलिएको आशंका छ ।

‘सुरक्षाकर्मी, कर्मचारी, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवा प्रदायकलाई समुदायबाट कोरोना सर्ने सम्भावना देखियो,’ उनले भने, ‘अब केही ाउन २३ पछि पनि निषेधाज्ञा लम्बिन सक्ने उनले जनाए । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा प्रदायकबाहेककालाई घरबाट बाहिर ननिस्कन सूचना जारी गरको छ ।

स्याङ्जामा हालसम्म संक्रमण पुष्टि भएका २ सय ८२ मध्ये १ सय ९८ जना निको भएर घर फर्किसकेका छन् । २ जनाको मृत्यु भएको छ । अधिकांशको कन्ट्याक्ट ट्रेसिङका क्रममा ट्राभल हिस्ट्री नभएकामा संक्रमण पाइएको देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताए ।

कोरोना भाइरस

प्रतीक्षा

Link copied successfully