पाटन अस्पतालमा एक संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पाटन अस्पतालमा ४५ वर्षीय एक कोरोना संक्रमितको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनलाई कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि पाटन अस्पतालमा सारिएको थियो ।

पाटन अस्पतालमा एक संक्रमितको मृत्यु

पाटन अस्पताल स्रोतका अनुसार ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो । उनलाई शनिबार पाटन अस्पतालमा सारिएको स्रोतले जानकारी दियो ।

प्रकाशित : श्रावण २३, २०७७ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?