कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

रासस

गण्डकी — गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । 

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो ।

यस अघि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिएका थिए । छलफलमा सदस्यहरूले सरकारका नीति तथा कार्यक्रमहरू कार्यान्वयनयोग्य हुनुपर्ने बताएका थिए ।

सरकारका काम कारबाहीले प्रदेशको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिँदै सदस्यहरूले संघीयताको आकर्षण भनेको नै प्रदेश भएको उल्लेख गरे ।

छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा उठेको विषयलाई आत्मसात गर्दै अघि बढ्ने बताए । नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रको प्रसंग नियतवत नछुटाइएको उल्लेख गर्दै उनले चालु वर्षमा सञ्चार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने धारणा राखे ।

पत्रकार बीमा, लेखनवृत्ति, लोककल्याणकारी विज्ञापनलगायतका व्यवस्थाले निरन्तरता पाउने बताउँदै उनले लामो समयदेखि रोकिएको आमसञ्चार विधेयकलाई अगाडि बढाएर पारितसमेत गरेको उल्लेख गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषय प्रदेश, मुलुकको मात्र नभै अन्तर्राष्ट्रिय विषय भएको बताउँदै उनले यहाँ अन्तरदेशीय उडानहरू हुनुपर्ने बताए । यसका लागि प्रदेशले मात्र नभइ संघीय सरकारले चाहनुपर्ने बताउँदै उनले यहाँबाट जाने गन्तव्य रहेको त्यहाँको सरकारले पनि चाहनुपर्ने बताए । यसबारे पहलहरू भइरहेको र आज बिहानमात्रै पनि पोखराबाट बंगलादेशमा सिधा हवाइ उडानका विषयमा छलफल भइरहेको बताए ।

समाजवादलाई हेर्ने दृष्टिकोणहरू फरक फरक रहेको बताउँदै उनले यो समय र स्थानअनुसार पनि फरक हुने उल्लेख गरे । प्रदेशसभाको अर्को बैठक शनिबार दिउँसो ४ बजे बस्ने सभामुख कृष्णप्रसाद धितालले जानकारी गराए ।


प्रकाशित : जेष्ठ ३२, २०८१ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×