कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

ट्याक्टरबाट खसेर किशोरीको मृत्यु 

नवीन पौडेल

नवलपरासी पूर्व — नवलपरासी पूर्वको  बुलिङटारमा ट्याक्टरबाट खसेर एक किशोरीको मृत्यु भएको छ । शुक्रबार  बिहान बुलिङटार गाउँपालिका -५, सान्डाँडाबाट खहरेतर्फ जाँदै गरेको लु ५ त ६५९ नम्बरको ट्याक्टरबाट खस्दा १८ वर्षीया बिरमाया सारुको मृत्यु भएको हो । 

ट्याक्टरबाट खसेर किशोरीको मृत्यु 

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार ट्याक्टरमा बसिरहेकी सारु खसेको र सोही ट्याक्टरको पछाडिको चक्काले किच्दा मृत्यु भएको हो ।

ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : असार ७, २०८१ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×