कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

वाग्मती प्रदेशको नीति आयोग उपाध्यक्षमा पन्त नियुक्त

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा कृष्णराज पन्त नियुक्त भएका छन् ।

वाग्मती प्रदेशको नीति आयोग उपाध्यक्षमा पन्त नियुक्त

वाग्मती प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनका पन्तलाई उपाध्यक्षमा नियुक्त गरेका हो ।

मन्त्रिपरिषद्को बैठकले मकवानपुरका प्रह्लाद लामिछाने र भक्तपुरका राजु नेपाललाई सदस्यमा नियुक्त गरेको हो । लामिछाने पहिला संविधानसभा निर्वाचनमा तत्कालीन मकवानपुर क्षेत्र नम्बर ३ बाट माओवादीको तर्फबाट निर्वाचित भएका थिए ।

आयोगमा अझै एक महिलासहित एक जना विज्ञबाट सदस्य मनोनित हुन बाँकी रहेको छ । केही दिनमा बाँकी सदस्य मनोनित हुने एक मन्त्री बताए । उनका अनुसार हाल नियुक्त भएका तीन जनामध्ये उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)का हुन् । लामिछाने माओवादी र नेपाल कांग्रेस निकट हुन् ।

उनीहरुको बुधबार नै पद तथा गोपनियताको सपथ ग्रहण समेत भएको छ । आयोग अध्यक्ष एवम् मुख्यमन्त्री राजेन्द्र पाण्डेले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

प्रकाशित : पुस १४, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×