कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१२

एम्बुलेन्स दुर्घटनाका फरार चालक पक्राउ

अनिश तिवारी

सिन्धुपाल्चोक — एक वृद्धाको ज्यान जाने गरी भएको एम्बुलेन्स दुर्घटनाका फरार आरोपी एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति करिब ९ बजेतिर बिरामी पुर्‍याएर फर्किएको एम्बुलेन्स सुनकोसी गाउँपालिका–७, दुई किलोमा अनियन्त्रित भई दुर्घटना हुँदा घरभित्र सुतिरहेकी ८९ वर्षीया मनमाया खड्को मृत्यु भएको थियो ।

इलाका प्रहरी बाह्रबिसेका अनुसार बलेफी गाउँपालिका–७ स्थित खाडीचौर बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट सञ्चालित बा २० च ६३२७ नम्बरको एम्बुलेन्स सडकको बायाँपट्टी टिनको घरमा पल्टिएको थियो । एम्बुलेन्स घरमाथि पल्टिएपछि घरभित्र रहेकी खड्का गम्भिर घाइते भएको र उपचारको लागि अस्पताल लैजाने क्रममा निधन भएको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेले बताए ।

घटना भएलगत्तै फरार एम्बुलेन्स चालक सुनकोसी गाउँपालिका–७ कै रविन्द्र कार्कीलाई शनिबार इलाका प्रहरी बाह्रबिसेबाट खटिएको टोलीले पक्राउ गरेको हो । ‘आवश्यक सोधपुछ सकिएपछि सोमबार जिल्ला अदालतबाट दस दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ, ’ न्यौपानेले भने । यसअघि एम्बुलेन्स सञ्चालक सहकारी र पीडित पक्षबीच क्षर्तिपूर्तिबारे सहमति भएको सुनिएको उनले जनाए ।

प्रकाशित : जेष्ठ १७, २०७९ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×