कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणगढ–मुग्लिन सडक मध्यरातदेखि अवरूद्ध

रमेशकुमार पौडेल

चितवन — मुग्लिन नजिक तुइन खोलामा फेरि पहिरो जाँदा नारायणगढ मुग्लिन सडक शनिबार रातिदेखि नै अवरूद्ध छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले हिजो राति साढे ११ बजेबाट पहिरो खसेर बाटो बन्द भएको जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडक मध्यरातदेखि अवरूद्ध

बिहान पाँच बजेदेखि पहिरो सफा गर्न सुरू भए पनि पहिरो ठूलो भएका कारण बाटो खुल्न केही समय लाग्ने भरतपुरको डिभिजन सडक कार्यालयका प्रमुख रमेशप्रसाद पौडेलले बताए । उनका अनुसार पहिरो सफा हुन दुई चार घन्टा लाग्न सक्छ ।

मुग्लिनदेखि लगभग दुई किलो मिटर पर इच्छाकामना गाउँपालिका–५ मा पर्ने तुइन खोला नजिक गएको बुधबार रातिदेखि नै साना ठूला ढुंगा खस्न सुरू भएको थियो । बिहीबार दिउँसो ठूलै पहिरो खसेपछि लगातार २८ घन्टासम्म बाटो थुनिएको थियो । हिजो शनिबार ठूलो पहिरो नआए पनि पटक पटक बाटो रोक्ने गरेर ढुंगा माटो झरेको थियो ।

प्रकाशित : असार १७, २०८० ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?