कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणगढ-मुग्लिन सडक : पहिरोसँगै खसेको ढुंगाले लागेर ट्रकचालक घाइते

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडकमा तुइनखोलानजिकै खसेको पहिरोको ढुंगाले लागेर ट्रकचालक घाइते भएका छन् ।

नारायणगढ-मुग्लिन सडक : पहिरोसँगै खसेको ढुंगाले लागेर ट्रकचालक घाइते

सोमबार बिहान नारायणगढबाट काठमाडौं जाँदै गरेका ना ६ ख ७१० नम्बरको ट्रकका चालक राम पुकार माथिबाट खसेको ढुंगाले लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

वीरगन्जका स्थायी बासिन्दा ३५ वर्षीय राम पुकारलाई उपचारका लागि स्थानीय राजमार्ग अस्पताल लगिएको पनि डीएसपी पण्डितले बताए । उनको अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ । पहिरोले लागेर सडकमै पल्टिएको ट्रकलाई क्रेनले तानेर हटाइने प्रहरीले बताएको छ ।

शनिबार मध्यरातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक आइतबार बेलुकामात्र खुलेको थियो । सोमबार बिहान फेरि पहिरो खसेपछि यात्रु र सवारी साधन रोकिएका छन् । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार केहीबेरमा यातायात सञ्चालन हुने गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रकाशित : असार १८, २०८० ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?