१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

वाग्मतीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् ।

वाग्मतीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले शुक्रबार साँझ शपथ ग्रहण गरेका हुन् ।

उनीहरूलाई प्रदेश प्रमुख यादव शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । नवनियुक्त भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छेलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराएका थिए ।

पाण्डेले सत्ताग ठबन्धनमा रहेको नेपाली कांग्रेसको जिम्मेवारीमा परेका मन्त्रालयमा मन्त्री नियुक्त गरेका थिए । गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा (एस) ले प्राप्त गरेको मन्त्रालयमा यसअघि नै पाण्डेले मन्त्री नियुक्त गरिसकेका छन् ।

मुख्यमन्त्रीले यससँगै चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यससँगै वाग्मती प्रदेशमा १४ जना मन्त्री र ४ जना राज्यमन्त्री भएका छन् । मन्त्रालय विभाजन गरेर मन्त्रीको संख्या बढाएको भन्दै मुख्यमन्त्री पाण्डे चौतर्फी रुपमा आलोचित बनेका छन् ।

प्रकाशित : पुस ९, २०७८ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?