कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

वाग्मती प्रदेशसभाको अर्को बैठक आजै २ बजे बस्ने

सुवास विडारी

मकवानपुर — अर्को सूचना नभएसम्मका लागि स्थगित भएको वाग्मती प्रदेशसभाको बैठकमा पुन: आजै बस्ने भएको छ । विपक्षी दल सदनमा उठाएको प्रश्नको जवाफ दिन सत्ता पक्ष तयार नभएपछि बिहान ११ बजे बसेको बैठकमा नेकपा एमालेले अवरोध सिर्जना गरेको थियो ।

वाग्मती प्रदेशसभाको अर्को बैठक आजै २ बजे बस्ने

विपक्षीको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ । सभामुख श्रेष्ठ र मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच सदनमा जवाफ दिने विषयमा छलफल भएसँगै प्रदेशसभाको बैठक बोलाइएको हो ।

प्रदेशमा रहेको विपक्षी दलहरुले सरकारलाई मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्न चुनौती पेस गरेका थिए । प्रदेशसभामा विपक्षीमा रहेका एमाले, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाको संयुक्त बैठकले मन्त्रालय विभाजन, मन्त्री तथा राज्यमन्त्री थप गरिएको विषयको औचित्य सदनबाटै पुष्टि गर्न चुनौती दिएका थिए ।

प्रकाशित : पुस ८, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×