कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोट शिवपुरीमा मृत भेटिएका सहचालकको शव अझै उठेन 

कृष्ण थापा

नुवाकोट — शिवपुरी गाउँपालिका १ तलाखुको घुम्तीमा भेटिएका युवाको शव अझै उठेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तथा डिएसपी रुपक खड्काका अनुसार पञ्चकन्या गाउँपालिका ३ राउटारका स्थानीय सुमन थापाको हत्या गरेको अवस्थामा शव फेला हो ।

हत्या गरिएको भन्दै उनको शव अझै आफन्तले बुझन् मानिरहेका छैनन् । उनका आफन्त र त्यहाँका स्थानीयले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् ।

२१ वर्षीय थापा पासाङ ल्हामु बस व्यवसायी समितिद्वारा संचालित बा२ख ६६८७ नम्बरको बसमा सहचालकको रुपमा कार्यरत थिए ।


प्रकाशित : मंसिर २१, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?