कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती कांग्रेसमा ९१ पदका लागि २५७ जनाको उम्मेदवारी

सुवास विडारी

मकवानपुर — हेटौंडामा जारी नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनमा ९१ पदका लागि २५७ जनाको उमेदवारी परेको छ ।

वाग्मती कांग्रेसमा ९१ पदका लागि २५७ जनाको उम्मेदवारी

प्रदेश निर्वाचन समिति सदस्य रामकुमार अधिकारीका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ । सभापतिमा संस्थापनबाट इन्द्रबहादुर बानियाँ, संस्थापन इतर तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिशनरिसंह केसी, कृष्ण सिटौला प्यानलबाट भीमसेनदास प्रधानले उमेदवारी दिएका छन् ।

संस्थापनबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ, धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली तथा सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निर्मला बस्ताकोटीले उम्मेदवारी दिएका छन् ।

संस्थापन इतर समूहबाट उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहन बस्नेत, महामन्त्रीमा रामचन्द्र अर्याल ‘माइकल’, कञ्चन वादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे, जीवन डंगोल उमेदवार दिएका छन् ।

प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी, सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिएका छन् । सदस्यतर्फ खुल्लामा ८५ जना, समावेशीतर्फ १४८ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्म मतदान प्रक्रिया सुरु हुनेछ । अधिवेशनमा १३ जिल्लाका २१ सय ३७ जना सहभागी छन् । अधिवेशनबाट दुइ उपसभापति, दुइ महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कुल ९१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । खुलातर्फ ४८ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन् ।

प्रकाशित : मंसिर १७, २०७८ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?