कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणगढ-मुग्लिन सडकमा दुई दुर्घटना, १ को मृत्यु, ४ जना घाइते 

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडक खण्डमा शुक्रबार दुई ठाउँमा दुर्घटना हुँदा एक जनाको निधन भएको छ । दुर्घटनामा चार जना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ । मध्याह्न साढे १२ बजे भरतपुर महानगरपालिका–२९ जुगेडीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि चढेकी महिलाको निधन भएको हो ।

नारायणगढ-मुग्लिन सडकमा दुई दुर्घटना, १ को मृत्यु, ४ जना घाइते 

नारायणगढतर्फ आइरहेको ना ६ ख ६७२७ नम्बरको टिपरले एकै दिशामा रहेको प्रदेश २–०३–००१ प ४२४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करका कारण गम्भीर घाइते भएकी मोटरसाइकल पछाडी बसेकी लमजुङ राइनासकी अन्दाजी ५५ वर्षीया चन्द्रकुमारी सार्कीको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

त्यसैगरी दिउँसो सवा ४ बजे भरतपुर–२९ दासढुंगामा नारायणगढतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च १३९० नम्बरको म्याजिक भ्यान सडकमा अनियन्त्रित भइ पल्टिएको छ । भ्यानमा रहेका चालकसहित चार जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको डिएसपी अधिकारीले जनाए ।

प्रकाशित : मंसिर १७, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?