कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयबाट फर्किने क्रममा चिप्लिएर खोलामा बालक बेपत्ता 

कृष्ण थापा

नुवाकोट — विद्यालयबाट घर फर्किने क्रममा दुप्चेश्वर गाउँपालिका–६ करेजुङका एक बालक तादीखोलामा बगेर बेपत्ता भएका छन् ।

स्थानीय दावा तामाङका ४ वर्षीय छोरा जोन तामाङ बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले बताए ।

उनी तादीखोलापारि रामतीमा रहेको हर्समेमोरियल बोर्डिङ स्कुल नर्सरीमा अध्ययनरत् थिए । उनी बुधबार अपरान्ह विद्यालयबाट पढेर घर फर्किने क्रममा खोलामाथि हालेको फड्केबाट चिप्लिएर झरेको प्रहरीले जनाएको छ । उनको खोजतलास गर्न स्थानीय, सशस्त्र र नेपाली प्रहरी परिचालित छन् ।

प्रकाशित : मंसिर १६, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?