कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीमा भएको आगलागीमा ६ करोडका सामान जले

सिन्धुली — हार्डवेयर पसलमा भीषण आगलागी करिब ५ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । कमलामाई नगरपालिका–६ रातमाटास्थित शाह आइरन एन्ड इलेक्ट्रिक सेन्टरमा विद्युत् सर्ट भएर आगलागी हुँदा उक्त क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

सिन्धुलीमा भएको आगलागीमा ६ करोडका सामान जले

सिन्धुली प्रहरीका एसपी गोविन्द थपलियाका अनुसार आगलागी गोदामबाट सुरु भएको हो । २० वटा गोदाम कोठामा रहेका सबै सामान जलेर नष्ट भएको छ । कमलामाई, रामेछाप र दुधौली नगरपालिकाका ३ वटा वारुणयन्त्रको सहयोगमा ५ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो । हार्डवेयरसँगै रहेको कनिस्का इन्टरप्राइजेजको गोदाममा समेत आगो लागेको थियो । जहाँ मदिरा, चाउचाउ, बिस्कुट, पेय पदार्थलगायत गरी करिब एक करोड रुपैयाँको सामान जलेको बताइएको छ ।

प्रकाशित : मंसिर १४, २०७८ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?