कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापमा माओवादी कार्यकर्ता बोकेको मिनी ट्रक दुर्घटना, २० जना घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिकाको पकरवासमा मिनी ट्रक दुर्घटना हुँदा २० जना घाइते भएका छन् । माओवादी केन्द्रको खाँडादेवी गाउँपालिकाको अधिवेशनका लागि र्‍यालीमा सहभागी हुन पकरवासबाट माकादुम जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । 

सोमबार उक्त पालिका अधिवेशनलाई वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुलाई प्रहरी, सशस्त्र प्रहरी र एम्बुलेन्समा उपचारका लागि मन्थलीका अस्पतालमा ल्याउने क्रम जारी छ । उक्त ट्रकमा झन्डै २५ जना सवार रहेको अनुमान छ । तीव्र गतिमा रहेकाले सडकको भित्तामा ठोक्किएर ट्रक पल्टिएको थियो ।

प्रकाशित : मंसिर १३, २०७८ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?