कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेमा सिटौला-देउवा समूहका लामा विजयी

६१ सदस्यीय कार्यसमितिमा ६० जना एकै समूहबाट
नगेन्द्र अधिकारी

काभ्रे — नेपाली कांग्रेस काभ्रेको जिल्ला सभापतिमा तिर्थ लामा निर्वाचित भएका छन् । नेता कृष्णप्रसाद सिटौला र सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार लामा १६ सय ४६ मतका साथ विजयी भएका हुन् ।

काभ्रेमा सिटौला-देउवा समूहका लामा विजयी

संविधानसभा सदस्यसमेत रहेका लामा पार्टी सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । उनका प्रतिद्वन्द्वी पौडेल पक्षबाट सभापति पदका उम्मेदवार अच्युतप्रसाद पौडेलले ७ सय ७० मत प्राप्त गरेका छन् ।

६१ सदस्यीय कार्यसमितिमा ६० जना लामा नेतृत्वको समूहबाट निर्वाचित भएका छन् । ४ जना सर्वसम्मत भएका थिए । केन्द्रमा फरक भए पनि काभ्रेमा फरक खालको समूह गठबन्धन बनेको थियो ।

एउटा समूहको नेतृत्व सिटौला समूहमा रहेका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले गरेका थिए भने अर्को पक्षको नेतृत्व नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति मधुप्रसाद आचार्यले गरेका थिए । हुमागाईँको नेतृत्वमा देउवा पक्ष थियो भने आचार्यको समूहमा पनि देउवा पक्षका उम्मेदवार छन् ।

उपसभापति पदमा रमेशप्रसाद हुमागाईँ, ठाकुरप्रसाद न्यौपाने, सचिव पदमा माधवप्रसाद ढकाल र गुणराज मोक्तान, सहसचिव पदमा रवीन्द्रनाथ सिग्देल र समिर व्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । सबै पदाधिकारी लामा नेतृत्वको समूहकै हुन् ।

प्रत्येक नगरपालिकाबाट १ महिला अनिवार्यसहित ३ जना, गाउँपालिकाबाट १ महिला अनिवार्यसहित २ जना, खस आर्य खुला र महिला ४/४ जना, खसआर्य महिला ४ जना, आदिवासी जनजाति खुला र महिला ६/६ दलित १ जना र मधेशी वा मुस्लिम वा थारु अल्पसंख्यक वा अपांगता क्षेत्रको जिल्ला सदस्य १ जनासहित ६१ पदका लागि १ सय २१ जनाको उम्मेदवार परेको थियो ।

प्रकाशित : मंसिर १२, २०७८ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?